ताजा खबर

कञ्चनजङ्घा सामुदायिक सहकारी ताप्लेजुङको आम्दानी झन्डै १ करोड ५५ लाख

SITENAME

रेडियो ताप्लेजुङ



असोज १६ गते । कञ्चनजङ्घा सामुदायिक बहुमुखी सहकारी संस्था ताप्लेजुङको तेइसौँ वार्षिक साधारण सभा तथा २५औँ रजत जयन्ती शुक्रबार सम्पन्न भएको छ।

उक्त अवसरमा सदरमुकाम फुङ्लिङस्थित एक होटलमा कार्यक्रम गर्दै आर्थिक वर्ष २०८२/८३ मा संस्थाले १ करोड ५४ लाख ९९ हजार ९ सय ४० रुपैयाँ आम्दानी गरेको जनाएको छ। संस्थाले १ करोड ३९ लाख ४९ हजार ७ सय ८८ रुपैयाँ खर्च गरेको छ। सहकारीले १३ लाख ९५ हजार १ सय ३६ रुपैयाँ नाफा गरेको जनाएको छ।

सहकारीमा २ हजार ७ सय ९५ जना सेयर सदस्य रहेका छन्। जसमा महिला १ हजार ७ सय ७३ र पुरुष १ हजार २२ जना रहेका बताइएको छ।

रजत जयन्तीको अवसरमा सहकारीका बाल बचतकर्तामध्ये एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने पाँच जना विद्यार्थीलाई सम्मान गरिएको हो। सम्मानित हुने विद्यार्थीहरूमा स्नेह तामाङ, निसुङहाङ सेन्दाङ, युनिक अधिकारी, साइन्सा साम्सोहाङ र मोबिचन यवागु रहेका छन्।

प्रति विद्यार्थी नगद १ हजार रुपैयाँका साथमा सम्मानपत्र र ताप्लेजुङको परिचय दिने पुस्तक प्रदान गरिएको अध्यक्ष चन्द्रकुमार यवागुले बताउनुभयो।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

मिक्वाखोला गाउँपालिकाले गोलिया ओसारपसार खुला गर्यो

रेडियो ताप्लेजुङ असोज १६ गते । जिल्लाको मिक्वाखोला गाउँपालिकाले गोलिया ओसारपसार खुला गरेको जनाएको छ। बर्सातको समयमा काठको गोलिया ढुवानी गर्दा

SITENAME

मिक्वाखोला गाउँपालिकाले गोलिया ओसारपसार खुला गर्यो

रेडियो ताप्लेजुङ असोज १६ गते । जिल्लाको मिक्वाखोला गाउँपालिकाले गोलिया ओसारपसार खुला गरेको जनाएको छ। बर्सातको समयमा काठको गोलिया ढुवानी गर्दा

SITENAME

जनताले विश्वास गर्ने कांग्रेस बनाउने अभियानको थालनी भन्दै देउवा समूहद्वारा फुङ्लिङमा कार्यालय स्थापना 

रेडियो ताप्लेजुङ   असोज १६ गते ।नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउबाको समूहले १५ औं महाधिवेशनका लागि ताप्लेजुङमा कार्यालय स्थापना