ताजा खबर

मिक्वाखोला गाउँपालिकाले गोलिया ओसारपसार खुला गर्यो

SITENAME

रेडियो ताप्लेजुङ



असोज १६ गते । जिल्लाको मिक्वाखोला गाउँपालिकाले गोलिया ओसारपसार खुला गरेको जनाएको छ। बर्सातको समयमा काठको गोलिया ढुवानी गर्दा अत्यधिक मात्रामा मोटरबाटो बिग्रने भन्दै गत असार १ गतेदेखि गोलिया ओसारपसारमा पालिकाले रोक लगाएको थियो।

कार्यपालिकाको असोज ८ गते बसेको बैठकको निर्णयअनुसार गोलिया ओसारपसार खुला गरिएको पालिकाले सूचना जारी गर्दै जनाएको छ।

जिल्लाका अधिकांश गाउँपालिकाले कच्ची सडकको अवस्थालाई ध्यानमा राख्दै बर्सातको समयमा गोलिया ओसारपसारमा रोक लगाउने गरेका छन्। गोलिया लडाउँदा सडकको संरचना बिग्रने तथा ठूला मालवाहक सवारीसाधन सञ्चालन हुँदा सडकमा अत्यधिक भार पर्न गई समस्या हुन सक्ने भएकाले पालिकाहरूले रोक लगाउने गरेका हुन्।

प्रतिकृया दिनुहोस
SITENAME

मिक्वाखोला गाउँपालिकाले गोलिया ओसारपसार खुला गर्यो

रेडियो ताप्लेजुङ असोज १६ गते । जिल्लाको मिक्वाखोला गाउँपालिकाले गोलिया ओसारपसार खुला गरेको जनाएको छ। बर्सातको समयमा काठको गोलिया ढुवानी गर्दा

SITENAME

कञ्चनजङ्घा सामुदायिक सहकारी ताप्लेजुङको आम्दानी झन्डै १ करोड ५५ लाख

रेडियो ताप्लेजुङ असोज १६ गते । कञ्चनजङ्घा सामुदायिक बहुमुखी सहकारी संस्था ताप्लेजुङको तेइसौँ वार्षिक साधारण सभा तथा २५औँ रजत जयन्ती शुक्रबार

SITENAME

जनताले विश्वास गर्ने कांग्रेस बनाउने अभियानको थालनी भन्दै देउवा समूहद्वारा फुङ्लिङमा कार्यालय स्थापना 

रेडियो ताप्लेजुङ   असोज १६ गते ।नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउबाको समूहले १५ औं महाधिवेशनका लागि ताप्लेजुङमा कार्यालय स्थापना