फुटबल, भलिबल र हाफ म्याराथन प्रतियोगिताले खेलकुदमय बन्दै खेवाङ

रेडियो ताप्लेजुङ
असोज १८ गते । सिरिजङ्घा गाउँपालिकाको खेवाङमा हुने खेवाङ खेलकुद महोत्सव २०८३ मा हाफ म्याराथन, क्लबस्तरीय पुरुष फुटबल तथा वडास्तरीय महिला र पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ।
आयोजक खेवाङ स्पोर्टिङ क्लबका अनुसार आगामी कात्तिक १६ गतेदेखि २१ गतेसम्म हुने प्रतियोगितामा २१ किलोमिटर दूरीको हाफ म्याराथन प्रतियोगिता हुँदैछ। उक्त म्याराथनको रुटमा खेवाङका प्रमुख पर्यटकीय क्षेत्रहरू समेटिनेछन्।
हाफ म्याराथनमा प्रथमदेखि दशौँ स्थानसम्म हासिल गर्ने धावकहरूलाई पुरस्कार प्रदान गरिनेछ। क्लबका अध्यक्ष विनम माबोका अनुसार प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः नगद रु. ३३ हजार ५८३, २२ हजार ५८३ र १३ हजार ५८३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। चौथो स्थान हासिल गर्नेले रु. ७ हजार ५८३ तथा पाँचौँदेखि आठौँ स्थानसम्मका धावकले जनही रु. ५ हजार ५८३ प्राप्त गर्नेछन्। त्यसैगरी, नवौँ र दशौँ स्थान हासिल गर्ने धावकले जनही रु. ३ हजार ५८३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले आइतबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ।
खेलकुद महोत्सवमा सञ्चालन हुने पुरुष फुटबलतर्फ झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका टिमहरूको सहभागिता रहनेछ। कुल आठ टिमले प्रतिस्पर्धा गर्ने क्लबले जनाएको छ। उक्त प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५८३ रुपैयाँ तथा उपविजेताले १ लाख ५ हजार ५८३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यस्तै, पुरुषतर्फ भलिबल विजेता टोलीले नगद रु. ६० हजार तथा उपविजेताले ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। महिला भलिबलतर्फ प्रथम हुने टिमले नगद रु. ३० हजार तथा उपविजेताले नगद रु. २० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
खेलकुदको माध्यमबाट खेवाङको सांस्कृतिक पहिचानलाई चिनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कुल २५ लाख रुपैयाँ खर्च हुने आयोजकले प्रारम्भिक अनुमान गरेको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ
.jpeg)
राप्रपाद्वारा दोभान अग्नि पीडितलाई ५१ हजार नगद सहयोग
रेडियो ताप्लेजुङ असोज १८ गते । गत असोज ८ गते दिउँसो भएको आगलागीबाट पीडित ताप्लेजुङका दोभानवासीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला
..jpeg)
दशौँ राष्ट्रिय खेलकुद ताप्लेजुङ जिल्ला छनोट असोज २६, २७ र २८ गते
किरण गदाइली असोज १८ गते । मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने दशौँ राष्ट्रिय खेलकुदका लागि ताप्लेजुङ जिल्ला खेलाडी
..jpeg)
मिक्वाखोला गाउँपालिकाले गोलिया ओसारपसार खुला गर्यो
रेडियो ताप्लेजुङ असोज १६ गते । जिल्लाको मिक्वाखोला गाउँपालिकाले गोलिया ओसारपसार खुला गरेको जनाएको छ। बर्सातको समयमा काठको गोलिया ढुवानी गर्दा

.jpeg)

..jpeg)
..jpeg)

..jpeg)


प्रतिकृया दिनुहोस