ताजा खबर

दोभान अग्नि पीडितलाई ९७ हजार बढी आर्थिक सहयोग

SITENAME

रेडियो ताप्लेजुङ


असोज २१ गते । दोभान अग्नि पीडितहरूलाई विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ। जसअनुसार बुधबार विभिन्न व्यक्ति तथा ताप्लेजुङ नेवा: संस्कृति समाज काठमाडौँले नगद सहयोग गरेका छन्।

मेरिङदेन गाउँपालिकाका अनुसार पीडित परिवारको राहत, पुनःस्थापना र उद्धार कार्यका लागि ताप्लेजुङ नेवा: संस्कृति समाजले नगद ७१ हजार ५०० रुपैयाँ सहयोग गरेको छ। त्यस्तै, मेरिङदेन गाउँपालिका–३, खाम्लुङ घर भई हाल हङकङ निवासी दुर्गा सामेखामले १६ हजार तथा थिङलाबु निवासी हरि ओख्राबुले १० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ।

पीडित परिवारहरूलाई क्षतिको आधारमा ताप्लेजुङ नेवा: संस्कृति समाज काठमाडौँले उपलब्ध गराएको रकममार्फत अधिकतम ७ हजारदेखि न्यूनतम २ हजार ५०० रुपैयाँका दरले १६ परिवारलाई उपलब्ध गराइएको मेरिङदेन गाउँपालिकाले जनाएको छ। त्यस्तै, सामेखाम र ओख्राबुबाट प्राप्त रकमबाट अधिकतम २ हजार ५०० र न्यूनतम ८०० रुपैयाँ गरी पीडित परिवारलाई वितरण गरिएको छ।

गत असोज ८ गते दिउँसो आगलागी हुँदा दोभान क्षेत्रका १० घर जलेर नष्ट भएका छन्। आगलागीबाट १६ परिवार प्रभावित बनेका छन् भने करोडौँको क्षति भएको छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

लागू औषधसहित हुलाक लाइनबाट एक पुरुष पक्राउ

रेडियो ताप्लेजुङ असोज २१ गते । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले लागू औषधसहित एक पुरुषलाई पक्राउ गरेको छ। फुङ्लिङ नगरपालिका–४ स्थित हुलाक लाइन

SITENAME

इलाका प्रशासन कार्यालय तेल्लोकले राष्ट्रिय परिचयपत्र सङ्कलन सेवा सुरु गर्यो

रेडियो ताप्लेजुङ असोज २० गते । इलाका प्रशासन कार्यालय ,तेल्लोकले राष्ट्रिय परिचयपत्र सङ्कलन सेवा मङ्गलबारदेखि  सुरु गरेको छ ।    हाललाई

SITENAME

ताप्लेजुङ प्रशासनमा श्रावणयता २७५ थान राहदानी आयो

रेडियो ताप्लेजुङ असोज २० गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले श्रावण १ गतेयता २७५ सेवाग्राहीका राहदानी राहदानी विभागबाट प्राप्त भएको