ताजा खबर

श्रम संस्कृति पार्टीले स्थापना दिवसमा ताप्लेजुङमा बृहत् पार्टी प्रवेश कार्यक्रम गर्दै

SITENAME

किरण गदाइली


ताप्लेजुङ, कार्तिक १२ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले स्थापना दिवसको अवसरमा बृहत् पार्टी प्रवेश कार्यक्रम गर्ने भएको छ।

कार्तिक १६ गते सदरमुकाम फुङ्लिङस्थित जन्नु इन होटलमा आयोजना हुने कार्यक्रममा संविधानसभा सदस्य सञ्चपाल मादेनसहितका व्यक्तिहरूलाई पार्टी प्रवेश गराइने उक्त पार्टीका सञ्चार प्रमुख दावारिञ्जी शेर्पाले जानकारी दिनुभएको छ।

स्थापना दिवसकै अवसरमा विभिन्न पार्टी परित्याग गरी श्रम संस्कृति पार्टीमा आउन चाहनेहरूको सङ्ख्या निरन्तर बढ्दै गएकाले बृहत् रूपमा पार्टी प्रवेश कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो।

“धेरै जनाले पार्टीमा प्रवेश गर्न चाहनुभएको छ। त्यसैले बृहत् रूपमै पार्टी प्रवेश गराउने कार्य हुनेछ,” उहाँले भन्नुभयो।

उक्त कार्यक्रममा पार्टीका प्रदेश कमिटी अध्यक्ष प्रताप राई र उपाध्यक्ष लाक्पा तामाङको आतिथ्यता रहने श्रम संस्कृति पार्टीले जनाएको छ।

प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको नेतृत्वमा २०८२ भदौमा श्रम संस्कृति पार्टी स्थापना भएको थियो। कार्तिक १६ गते निर्वाचन आयोगबाट औपचारिक दर्ता प्रमाणपत्र प्राप्त गरेको मितिलाई आधार मानेर पार्टीले पहिलो स्थापना दिवस मनाउन लागेको हो।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट पार्टीका उम्मेदवार सन्तोष राईले ५ हजार २०९ मत प्राप्त गर्नुभएको थियो। त्यस्तै, पार्टीले समानुपातिकतर्फ ८ हजार ६९० मत प्राप्त गरेको थियो।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

बैतडीका युवाद्वारा काठमाडौँबाट पैदल यात्रा गर्दै १९औँ दिनमा पाथीभराको दर्शन

रेडियो ताप्लेजुङ कार्तिक १२ गते।  काठमाडौँबाट १९ दिन लगाएर पैदल यात्रा गर्दै एक युवा ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा पुग्नुभएको

SITENAME

पार्टीको जागरण अभियानलाई नतिजामुखी बनाउँछौँ : नेकपा ताप्लेजुङ

रेडियो ताप्लेजुङ कार्तिक ११ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ताप्लेजुङले पार्टीको जागरण अभियानलाई जिल्लामा प्रभावकारी र नतिजामुखी बनाउने

SITENAME

रास्वपा नगरपालिका क्यान्डिडेट क्लब : ताप्लेजुङबाट योग्य उम्मेदवार पठाउने गरी तयार

रेडियो ताप्लेजुङ कार्तिक ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले स्थानीय तह निर्वाचनका लागि क्यान्डिडेट क्लबमा सीमित र योग्य