नेपाली काग्रेस ताप्लेजुङको महाधिबेशन प्रतिनिधिको नतिजा सार्वजनिक (कसले जिते को हारे?)

रेडियो ताप्लेजुङ
असोज १६ गते । नेपाली काग्रेस ताप्लेजुङको महाधिबेशन प्रतिनिधिकालागि भएको मतदानको नतिजा सार्वजनीक भएको छ । शुक्रबार विहान सार्वजनीक नतिजा अनुसार चारजना महिला सदस्यका लागि भएको प्रतिष्पर्धामा लिलादेवी वोखिम (७४५) शिला इजम (६५१) गिताकुमारी सेन्दाङ (६३०) र शान्ति मादेन (४७०) मत प्राप्त गरेर विजयी भएका छन् । चार जना निर्वाचित हुनुपर्ने यो क्षेत्रमा छजना प्रतिष्पर्धामा रहेका थिए । कमलकुमारी लिम्बू (४६४) र मीना कुमारी गुरुङले (४१२) मत मात्रै प्राप्त गरेर पाजित भए ।
१० जना विजयी हुनुपर्ने खुला सदस्यमा खगेन सिं हाङगाम (९४२), गजेन्द्र प्रसाद तुम्याहाङ (८८९), डम्वर हाङगाम (युक हांविर) (७७८), इन्द्र कुमार केदेम लिम्बू (७५७), टिकाराम गुरुङ (७३२) मत प्राप्त गरी विजयी भएका छन् । यस्तै युवराज गुरुङ (६२४), छवाङ लण्डुक शेर्पा (६००), केशव प्रसाद दाहाल (५६९), गणेश बहादुर लिम्बू (५५५), छविलाल गुरुङ (५२२) मत प्राप्त गरी विजयी भएका छन् ।
यसको प्रतिष्पर्धामा रहेका रामकुमार थेवे (४६२), लक्ष्मी प्रसाद भट्टराई (४४७) मक्वान सिं हाङगाम (४११), फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन (४०४), पदम जंग लिम्बू (३००), जंग वहादुर इजम (२०७) भक्तिराज भट्टराईले (१६३) मत प्राप्त गरे । उनिहरु पराजित भएका छन् ।
पेशागत विषय विज्ञमा डिल्लीरमण वराल विजयी भएका छन् । वरालले ४४३ मत प्राप्त गरे । उनका प्रतिष्पर्धिहरु गोकmु लेछर्वो लिम्बूले २९३ र राजेश कुमार मास्वाले २०७ मत प्राप्त गरे । ३५ वर्ष मुनिका महिला सदस्यमा पासाङ किपा शेर्पाले ६५१ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिष्पर्धि सावित्रा गौतमले ३९८ मत प्राप्त गरिन ।
३५ वर्ष मुनिका खुला दुई युवामा लोकेश लंवा लिम्बूले ५४७ र गौरव भण्डारीले ४६८ मत प्राप्त गरेर विजयी भए । यसको प्रतिष्पर्धामा रहेका रविन (विकास) साम्रा ४५३, रमेश सेनेहाङ २३१, रन्जित ताङजाम लिम्बू १७२ मत प्राप्त गरेर पराजीत भए । एकजना श्रमिक सदस्यमा पदम सुन्दर पालुङवा ५५८ मत सहित विजयी भए । पालुङवासँग प्रतिष्पर्धा गरेका कृष्णकुमार वस्नेत २०२, ओम प्रकाश लिम्बू १७० र नन्दराज भारतीले ६८ मत प्राप्त गरे ।
प्रजातन्त्र सेनानी, द्धन्द्ध पीडित तथा सहीद परिवारको एक पदकालागि भएको निर्वाचनमा विजय प्रकास लिम्बू साँवा ४०० मत प्राप्त गरेर विजयी भए । यसमा मनकुमार लिङदेन (३००) सेरवहादुर लिम्बू पतंवा (१९३) ले प्रतिष्पर्धा गरेका थिए । चारजना आदिवासी जनजाती समानुपातिक सदस्यका लागि भएको निर्वाचनमा कमल लिम्बू डिल्ली (४९२), सुरेश लिम्बू सिंघक (४८६), मात्रीका प्रसाद शेर्पा (४३४) र क्षिजित सुनुवार (४१९) मत प्राप्त गरेर विजयी भए ।
खुलापछि यो पदम धेरै प्रतिष्पर्धि रहेका थिए । प्रदिप राई ३६२, सुर्य इजम ३६७, नरेश गुरुङ २९५, कृष्ण प्रसाद लिंखिम लिम्बू २६७, रामवहादुर लिम्बू २२२, भिमबहादुर गुरुङ १७३, नरेश गुरुङ २९५, दावा शेर्पा ११४ र पेम्वा ओङदी शेर्पा ९९ मत प्राप्त गरेर पराजित भए ।
एक पदको खस आर्य तर्फ तारानाथ बराल ३६३ मत सहित विजयी भए ।

जनताले विश्वास गर्ने कांग्रेस बनाउने अभियानको थालनी भन्दै देउवा समूहद्वारा फुङ्लिङमा कार्यालय स्थापना
रेडियो ताप्लेजुङ असोज १६ गते ।नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउबाको समूहले १५ औं महाधिवेशनका लागि ताप्लेजुङमा कार्यालय स्थापना

सहमति जुट्न नसकेपछि ताप्लेजुङ कांग्रेसले क्षेत्रीय अधिवेशनको निर्वाचन तालिका सार्वजनिक गर्यो
रेडियो ताप्लेजुङ असोज १३ गते । नेपाली कांग्रेस ताप्लेजुङले १५औँ महाधिवेशनअन्तर्गत प्रदेशसभा क्षेत्रीय अधिवेशन सहमतिबाट गर्न नसकेपछि पुनः

ताप्लेजुङ कांग्रेसले निर्वाचन प्रक्रियाभन्दा सर्वसहमतिलाई अपनाउने
रेडियो ताप्लेजुङ असोज १२ गते । नेपाली कांग्रेस ताप्लेजुङले १५औं महाधिवेशन अन्तर्गत जिल्लाको प्रदेश सभा क्षेत्रीय अधिवेशन /प्रतिनिधिसभा

..jpeg)



..jpeg)


प्रतिकृया दिनुहोस